नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्टस् फाउन्डेसनको संयुक्त आयोजनामा काठमाडौँ ट्रिएनालेअन्तर्गत सोमवार (२०८१ फागुन १२ गते ) Nell’s Artist Talk कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अस्ट्रेलियन कलाकार Nell ले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत आफ्नो चित्र, मूर्तिकलासँगै, पफर्मेन्स, इन्स्टलेसन, भिडियो आर्टलगायतका विविध विषय तथा कला यात्राका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, शिल्प तथा हस्तकला विभाग प्रमुख अरुणा हिङमाङसँगै विभिन्न कलाकार, कलाप्रेमीलगायतको सहभागिता रहेको थियो ।