नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा स्याटरडे प्लेन एअरको आयोजनामा जेठ ३ गतेबाट हेटौँडामा सुरु भएको ‘हेटौँडा कला महोत्सव’ शनिबार (२०८१ जेठ ५ गते) सम्पन्न भएको छ । महोत्सवको बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छाली विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा उहाँले यस किसिमका कला महोत्सवले नेपाली कलाको विकास र प्रवर्धनमा महत्त्वपूर्ण भुमिका खेल्ने धारणा राख्नुभएको थियो । कार्यशालमा ५८ भन्दा बढी कलाकारले सहभागिता जनाउनुभएको थियो ।