३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकला दिवस २०७८ को अवसरमा चित्रकला प्रदर्शनी आयोजना

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकला दिवस २०७८ को अवसरमा आयोजित ७ दिने ‘चित्रकला प्रदर्शनी–२०७८’ आज मिति २०७८ पौष २५ गते आइतबारबाट सुरु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको सहकार्यमा ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७८ का अवसरमा आयोजना हुने विभिन्न कार्यक्रम अन्र्तगत यस नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वरा चित्रकला प्रदर्शनीको आयोजना भएको थियो ।
कार्यक्रमको सभापतित्व यस प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूलाई निमन्त्रणा गरिएको भएतापनि माननीय मन्त्रीज्यूको कार्य व्यस्तताको कारण उपस्थित हुन नसक्नुभएको हुँदा तीवटै प्रतिष्ठानका कुलपतिज्यूहरुबाट संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीको संयोजनमा कलाकृतिहरु संकलन गरिएको थियो भने प्रदर्शनीमा १३४ जना कलाकारको कलाकृति समावेश गरिएको छ । कार्यत्रममा स्वागत भाषण प्रतिष्ठानका सदस्य सचिवज्यूले गर्नुभएको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री नारायण भक्त श्रेष्ठले आफ्नो भनाईमा भित्ताहरुमा कलाकारहरुको मेहनत झुण्डिरहेका छन् । कुची र कलमलाई सम्मान गर्दै प्रगतिको कामना गर्दछु । यी चित्रहरुले एकतालाई प्रष्ट्याइएको छ भन्दै कार्यक्रम सफलताको कामना व्यक्त गर्नु भयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री गंगा प्रसाद उप्रेतीले एकिकरणको महत्व बुझाउनको लागि चार वटा संस्थाहरुले आयोजना भएको उक्त कार्यक्रम सन्देश मुलक भएको बताउनु भयो । हामी चार संस्थाका छुट्टा छुट्टै विशेषता भएकोले सोही अनुसारका कार्यक्रम गर्ने तय गरेकोमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकला प्रदर्शनी भएको छ । चित्रहरुमा समयसामयिक तथा परम्परागत विषयवस्तुहरुलाई एकिकरणको नाममा जोडर कला सिर्जना गरेको बताउनु भयो । उहाँले राष्ट्रिय एकता दिवसको अवसरमा प्रत्येक वर्ष यसरी कार्यक्रम गरी मनाउने बताउनु भयो । यसलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यले हामीले संयुक्त रुपमा विभिन्न कार्यक्रमहरु गर्न परम्पराको विकास गरेको जानकारी दिनु भयो । राष्ट्रिय एकता दिवसको आवसरमा धेरै कलाकारहरुको चित्र अवलोकन गर्ने अवसर मिल्यो ।