नेपाल सरकार, शहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीज्यूको प्रमुख आतिथ्यता र प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूको सभापतित्वमा एक भव्य समारोहका बिच नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १२ औँै प्राज्ञसभाको उद्घाटन भयो । समुद्घाटन समारोह सम्पन्न भएलगत्तै सुरु भएको बन्दसत्रमा विभिन्न विषयसूचिहरुमा छलफल भईरहेको छ ।