लोककला कार्यशाला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागको आयोजनामा यही मिति २०७८ फागुन २४ गते ११२ औँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा लोककला कार्यशाला उद्घाटन एक भब्य समारोहका विच सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन पूर्व महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय जुली कुमारी महतोले क्यानभाषमा हातमा सिक्री बाँधिएको लक्ष्य तारा रहेको प्रतिकात्मक चित्र कोरेर उद्घाटन गर्नुभएको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभाग प्रमुख मिथिला देवी यादवको सभापतित्वमा भएको उक्त कार्यक्रमको विशेष अतिथी जनकपुरधाम उप–महनगरपालिकाका उप प्रमुख रीता झा रहनुभएको थियो । भने अन्य अतिथीको रुपमा प्राज्ञ रामपुजन ठाकुर, वडा नं. ९ का अध्यक्ष प्रेमश्वर साह, वडा सदस्य भरत साह, वडा नंं. १४ का वडा सदस्य उपेन्द्र साह, समाजसेवी राम किशोर साह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबैमा प्राज्ञ रामपुजन ठाकुरले स्वागत मन्तब्यद्धारा स्वागत गर्नुभएको थियो । विभागीय प्रमुखबाट प्रतिष्ठानका केही प्रकाशन र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
आफ्नो सम्बोधन मन्तब्यमा मन्त्री जुली कुमारी महतोले भन्नुभयो “११२ औँ महिला दिवसको अवसरमा हुन गईरहेको यो लोककला कार्यशालाले मिथिला क्षेत्र पवित्र भएको छ । पहिचानको हिसावले मिथिला पेन्टिङको छुट्टै पहिचान र महत्व रहेको कुरा बताउँदै जनकपुर एउटा ऐतिहासक पवित्र भूमि हो । यसको ऐतिहासीक महत्व रहेको पाइन्छ । यहाँहरुले बनाउने पेन्टिङले ऐतिहासीक महत्व राख्नेछ । महिलाहरु अझै पनि हाम्रो समाजमा पिडित छन् । स्कुल जाने अधिकार, भोट हाल्ने अधिकार, राजनैतिक अधिकार, अन्य अधिकार लिनलाई अघि बढ्नु पर्छ । अधिकार मागेर पाउने कुरा पनि हाईन । सतिप्रथाको अन्त्य सँगै महिलाहरु घरबाट वाहिर निस्कन सक्ने अवस्था नभएको होला । ती जंजीरलाई पार गर्दै आज २१ औँ शताब्दीको संघारमा पनि महिलाहरुको हक अधिकार प्राप्त भएपनि महिला पिडित छन् । एक जुट भएर अघि बढ्नु जरुरी छ” भन्नुभयो ।
कार्यक्रममा उपस्थित अन्य अतिथीहरुले कार्यक्रमको सफलताको कामना गर्नुभयो । अन्त्यमा कार्यक्रमको समापन गर्ने क्रममा प्राज्ञ मिथिला देवीले यो कार्यशाला मात्र नभएर गोष्ठी, अन्र्तक्रिया, प्रदर्शनी सहित पाँच दिन सम्म चल्ने जानकारी गराउनुभयो ।