‘राष्ट्रिय ललितकला पुरस्कार –२०८०’ प्राप्त गर्नुहुने सातजना कलाकारहरुलाई कला सिर्जनाका निमित्त प्रेरित गराउने उद्देश्य अनुरुप आठमहिने कला सिर्जना गर्ने/गराउने अभियान अर्थात् सिर्जनावृत्तिका लागि थप २ जना कलाकारसँग सम्झौता गरिएको छ । प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ परिषद् सदस्य सौरगंगा दर्शनधारी लगायतको उपस्थितिमा कलाकारहरु विनय बहादुर रिमाल क्षेत्री र रिसिता खत्रीसँग सोमबार (भाद्र ४ गते) सम्झौता गरिएको हो । सम्झौता अनुसार यस अभियानमा सहभागी कलाकारले आफूले जुन विधामा पुरस्कार पाएको हो सोही विधामा आगामी फागुन/चैतसम्म मौलिक कलाकृति सिर्जना गरेर प्रतिष्ठानमा बुझाउनु पर्नेछ । उक्त कलाकृति प्रतिष्ठान स्थापना दिवसको अवसर पारेर वैशाख २ गते प्रदर्शनी गरिनेछ ।