नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिन्धुली कलाघरको सहकार्यमा सुन्दर नेपाल कला कार्यशाला (२०८० पुस १८–२० गतेसम्म) भएको छ । कार्यशालाको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शुभारम्भ गर्नुभयो । उहाँले कलाघर सिन्धुलीको मात्र नभई देशकै लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । देशको कला, संस्कृतिलाई एकत्रित रूपमा चिनाउन कलाघरको पहल प्रशंसायोग्य रहेको उहाँको धारणा थियो । त्यस्तै, उपकुलपति लालकाजी लामाले पर्यटन प्रवर्धनका लागि यस्ता कार्यक्रमले थप सहयोग पु¥याउने बताउनुभयो । उहाँले देश र समाजको लागि गरिने कार्यले सबैलाई जोड्ने धारणा राख्नुभयो । कलाघरका अध्यक्ष सुमन मगरले संस्थाले गरेका कार्यको जानकारी गराउँदै कार्यशालाबाट तयार हुने कलाकृति कलाघरको सङ्ग्रहालयमा रहने जानकारी दिनुभयो । ३ दिन चलेको कार्यशालामा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्यद्वय प्रदीप अधिकारी र संजय वान्तवा राई, प्राज्ञ धनु याख्खा, कलाकार केशव राज खनाल, अशुराम खाइजू, पृथ्वी श्रेष्ठ, भिम श्रेष्ठ, दिपेन्द्रमान बनेपाली, दामोदर बराल, डिबी राई, एनबी गुरुङ, नरबहादुर बिके, विपना महर्जन, सुरेम देशार, सुरक्षा वाग्ले, कला लिम्बु, श्रीमिला श्रेष्ठ, सुजना वगाले, विनोद लिम्बुलगायतले सहभागिता जनाएका थिए ।