नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजना तथा राजर्षि जनक विश्वविद्यालय र मधेस प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा कार्तिक १३ गतेबाट सुरु भएको ५ दिने सामा–चकेवा मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला सोमवार (२०८२ कार्तिक १७ गते) सम्पन्न भएको छ ।
मैथिली भवन जनकपुरधाममा भएको सो कार्यशालाको समापन कार्यक्रममा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. अमरप्रसाद यादव, कोषका सदस्य सचिव श्यामसुन्दर शशी, लेखक तथा कोषका सदस्य नित्यानन्द मण्डल, कोषका सदस्य कुमार भाष्कर, प्रशिक्षक रुवी पाठक र विजय मण्डललगायतको सहभागिता रहेको थियो ।

Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.