यूवा विद्यार्थी मूर्तिकारहरुलाई लक्षित गरि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागद्वारा संचालन गरिएको सात दिने सिर्जनात्मक काष्ठमूर्ति प्रशिक्षण कार्यशालाको आज चैत्र १० गते समापन भयो ।
उक्त कार्यशालामा ३२ जना मूर्तिकारहरु सहभागी भएका थिए । कार्यशालामा धेरै मूर्तिकारहरुले १÷१ वटा मूर्ति सिर्जना गरेका थिए भने केही मूर्तिकारहरुले २ वटासम्म मूर्ति सिर्जना गरेका थिए ।
मूर्तिकला विभागले यस किसिमको कार्यशाला गरि कार्यशालामा सहभागी भई कला सिर्जना गर्ने अवसर दिलाएकोमा सहभागीहरु खुसीका शब्दहरु वर्षाएका थिए ।