नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानको सहकार्य र बर्दघाट प्रज्ञा—प्रतिष्ठानको आयोजनामा वर्दघाट नगरपालिकाको सभाकक्षमा बुधबार (असोज २४, २०८०)एक दिवसीय ललितकला विषयक गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम बर्दघाट प्रज्ञा—प्रतिष्ठानका कूलपति डा. घनश्याम परिश्रमीको अध्यक्षता, बर्दघाट नगरपालिकाका नगरप्रमुख श्यामलाल श्रेष्ठको प्रमुख आतिथ्यता र बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै बर्दघाट प्रज्ञा—प्रतिष्ठानका उपकुलपति टिकाबहादुर पहारीले बर्दघाट प्रज्ञा—प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान बीचको सहकार्य निरन्तर रहनुपर्ने धारणा व्यक्त गर्नुभयो । नगरप्रमुख श्यामलाल श्रेष्ठले नगरमा ललितकला, साहित्य, संगीतको विकास अनुसन्धान गर्नको लागि गठित बर्दघाट प्रज्ञा—प्रतिष्ठानले केन्द्रसँगको सहकार्यमा विभिन्न किसिमका गोष्ठी लगायतका कार्यक्रमको आयोजना गर्नु राम्रो भएको धारणा व्यक्त गर्नुभयो । उहाँले अगामी दिनमा प्रतिष्ठानले गर्ने यस खालका कार्यक्रमहरु सफल बनाउन नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न आफू तयार भएको बताउनुभयो । प्रकाश खनालले यस्ता कार्यक्रमले स्थानीय तहमा रहेका प्रतिभाहरुको कला उजागर गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो भने स्थानीय स्तरमा काम गरिरहेका कलाकारको कला विश्वबजारसम्म पु¥याउन पनि यस खालको कार्यक्रमले सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
साथै, कार्यक्रममा नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख प्राज्ञ दिनेश्वर महतोले कार्यपत्र प्रस्तुत् गर्नुभएको थियो । कार्यपत्रमाथि बर्दघाट प्रज्ञा—प्रतिष्ठानका प्राज्ञसभा सदस्य मन गोल्डी टिप्पणी गर्नुभएको थियो ।