लुम्बिनी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ शनिबार (२०८० फागुन २६ गते ) सम्पन्न भएको छ । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज कलाकार रामदयाल ठाकुर र शान्तराम गिरीलाई सम्मान तथा सहभागी कलाकारलाई प्रशंसा पत्र प्रदान गरियो । फागुन २२ गतेदेखि सुरु भएको यस प्रदर्शनीमा प्रदेशका कलाकारको उत्साहपूर्ण सहभागिता भएको प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले बताउनुभयो ।