नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा लुम्बिनी प्रदेशको बुटवलमा फागुन २२ गतेदेखि २६ गतेसम्म हुने ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ का लागि प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोको संयोजकत्वमा मङ्लबार (२०८० फागुन ८ गते ) २१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । भेलाले प्रकाशन उपसमिति संयोजक प्राज्ञ यमबहादुर थापा, प्रदर्शनी डिस्प्ले उपसमिति संयोजक हरि बयम्बु, प्रचार प्रसार उपसमिति संयोजक बेनप्रसाद थापा, आर्थिक व्यवस्थापन उपसमिति संयोजक दिलीप रसाइली, कलाकृति सङ्कलन उपसमिति संयोजक सुमित्रा राना, सुरक्षा, स्वास्थ्य स्वयम्सेवक तथा अतिथि सत्कार उपसमिति संयोजक खेमबहादुर घिमिरे, विविध कला गतिविधि उपसमिति संयोजक मन गोल्डी रहेको उपसमितिसँगै कार्यकारी समिति तथा सल्लाहकार समिति समेत गठन गरेको छ ।