२०७८ साल बैशाख २ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान प्राङ्गणमा राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ को समुद्घाटन भयो । सो समुद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय भानुभक्त ढकालज्यू, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिज्यू, नेपाल संगित तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपतिज्यू, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिज्यू लगायत पूर्व कुलपतिज्यूहरु, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यू लगायत वरिष्ठ कलाकारज्यूहरु र कलाकारज्यूहरुको उपस्थिति थियो । कार्यक्रममा प्रत्येक वर्ष २ जना कला साधकलाई दिइने रु एक लाख रासीको अरनिको राष्ट्रिय सम्मान तथा प्रत्येक वर्ष १/१ जनालाई दिइने २५/२५ हजार रासीको राष्ट्रिय ललितकला लेखन पुरस्कार र ललितकला पत्रकारिता पुरस्कार सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरियो । प्रदर्शनीमा समावेश कलाकृति मध्ये विधागत रुपमा उत्कृष्ट ७ जनालाई दिइने राष्ट्रिय पुरस्कार सम्माननीय राष्ट्रपतिज्यूबाट तथा अन्य कलाकारहरुलाई दिइने विशेष पुरस्कार माननीय मन्त्रीज्यूबाट प्रदान गरियो । सम्मानित तथा पुरस्कृत व्यक्तिहरुको नामावली निम्न अनुसार रहेको छ ।

अरनिको प्रज्ञा सम्मान २०७८  : २ जनालाई
वत्सगोपाल वैद्य, ललितपुर
प्रविणकुमार श्रेष्ठ, काठमाडौं

राष्ट्रिय ललितकला लेखन पुरस्कार २०७८ : १ जनालाई
नविन्द्र राजभण्डारी, काठमाडौं

राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार २०७८  : १ जनालाई
दिपक श्रेष्ठ, सिन्धुली

राष्ट्रिय ललितकला पुरस्कार २०७८ : ७ जनालाई
अनु कुमार के.सी., काठमाडौं, हस्तकला÷शिल्पकला
भाजुरत्न शाक्य, ललितपुर, परम्परागत मूर्तिकला
तम बहादुर पुन, चितवन, आधुनिक मूर्तिकला
राजकुमार रानामगर, ललितपुर, परम्परागत चित्रकला
कृष्ण प्रकाश शाह, कैलाली, आधुनिक चित्रकला
हरेराम यादव, सिराहा, लोककला
प्रकाशपुन मगर, दाङ, प्रतिस्थापन कला

ललितकला विशेष पुरस्कार : १७ जनालाई
राजेन्द्र देसार, ललितपुर, हस्तकला÷शिल्पकला
मिना थारु, रुपन्देही, हस्तकला÷शिल्पकला
रामसुन्दर त्वाटी, भक्तपुर, परम्परागत मूर्तिकला
कृष्ण गोपाल गारु, भक्तपुर, परम्परागत मूर्तिकला
राजु पिठाकोटे, इलाम, आधुनिक मूर्तिकला
राजेश बराल, चितवन, आधुनिक मूर्तिकला
सुन्दर श्रेष्ठ, भक्तपुर, परम्परागत चित्रकला
छेवाङ तामाङ, काभ्रे, परम्परागत चित्रकला
राजु लामा योञ्जन, सर्लाही, आधुनिक चित्रकला
मन गुरुङ्ग, गोरखा, आधुनिक चित्रकला
राजनकुमार पन्त, काठमाडौं, आधुनिक चित्रकला
नम्रता सिंह, महोत्तरी, लोककला
रुबी कुमारी कर्ण,सप्तरी, लोककला
सुशिला सिंह, काठमाडौं, प्रतिस्थापनकला
इरिक नकर्मी, ललितपुर, फोटोग्राफी (छविकला)
सुजन श्रेष्ठ, काभ्रे, फोटोग्राफी (छविकला)
सौरभ कोइराला, मोरङ, कार्टुन कला

ललितकला प्रादेशिक पुरस्कार : ७ जनालाई
प्रदेश नं. १ शक्तिराज राई, संखुवासभा, हस्तकला
प्रदेश नं. २ गीताकुमारी ठाकुर, सिराहा, मिथिला लोककला
बागमति प्रदेश मानबहादुर बल, मकवानपुर, आधुनिक मूर्तिकला
गण्डकी प्रदेश विश्वराज पराजुली, कास्की, आधुनिक चित्रकला
लुम्बिनी प्रदेश विश्व थापा, बुटवल, कार्टुन कला
कर्णाली प्रदेश गुर्मे तेन्जिङ लामा, मुगु, परम्परागत चित्रकला
सुदुरपश्चिम प्रदेश जीतबहादुर आउजी, कैलाली, आधुनिक चित्रकला

 

प्रदर्शनीका जम्मा ४४७ कलाकारका ४९९ कलाकृति समावेस छन् । प्रदर्शनी एक महिना २०७८ साल जेठ २ गतेसम्म संचालन हुनेछ । सम्पूर्ण कलाकार तथा कलाप्रेमी महानुभावहरुलाई प्रदर्शनी अवलोकनका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हार्दिक आह्वान गर्दछ । प्रदर्शनी प्रत्येक दिन विहान ११ बजे देखि अपरान्ह ५ बजेसम्म(सार्वजनिक विदाका दिनमा समेत) खुल्ला रहने छ । प्रवेश निःशुल्क छ र यस प्रतिष्ठानबाट प्रकाशित ललितकला सम्बन्धी प्रकाशनहरु पनि विशेष छुटका साथ सो प्रदर्शनी स्थलबाट विक्री भैरहेको व्यहोरा समेत सबैमा जानकारीका लागि अनुरोध छ ।

 प्रदर्शनी उद्घाटन कार्यक्रमका केही झलकहरुः