नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा शुक्रवारबाट ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ सुरु भएको छ । कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल र अग्रज कलाकार उदयचरण श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । समारोहमा कुलपति नारदमणि हार्तम्छालीले ट्याटु आर्टमा लोक–परम्पराको ज्ञान पनि समावेश भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कलाका सबै आयाम समेट्ने अभियान अनुरूप यस कार्यक्रमको आयोजना गरिएको हो । यस्ता कलाका कन्सेप्ट र कन्टेन्ट सामाजिक तथा प्राकृतिक पर्यावरणसँगै सांस्कृतिक मूल्य–मान्यता पनि जोडेर नेपाली सांस्कृतिक भावधाराअनुसार समावेश गर्दै जान सके अझ बहुआयामिक रूपमा लान सकिन्छ ।’
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपालका विभिन्न रैथाने समुदायमा ट्याटु कला सदियौँदेखि नै प्रचलनमा रहेको बताउँदै प्रदर्शनीमा देश तथा विदेशका ट्याटु कला एउटै मञ्चमा हेर्न सकिने बताउनुभयो । उहाँले यस जीवन्त कलाको परम्परागत ज्ञानलाई संरक्षण तथा अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले ट्याटु कला पनि ललितकलाको एउटा उपविधा भएको र यस कलालाई समयानुकूल चिनाउन पनि यस खालका कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
हिमालयन ट्याटु समिटका निर्देशक वृजेश श्रेष्ठले प्रतिष्ठानसँगको सहयकार्यका यस कार्यक्रमको आयोजना गर्न पाउँदा निकै खुसी लागको र आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने बताउँदै प्रदर्शनी र कार्यशालामा सहभागी सबै कलाकारप्रति आभार व्यक्त गर्नुभयो ।
अग्रज कलाकार उदयचरण श्रेष्ठले अन्य आर्ट फर्मझैँ यो पनि कलाको एक रूप भएको बताउनुभयो । उहाँले समय परिस्थितिअनुरूप उपलब्ध रहेको कला सामाग्री प्रयोग गरी ट्याटु कला सिर्जना गर्ने गरेको र यो कला नेवाः सभ्यतामा पनि रहको धारणा राख्नुभयो ।
प्रदर्शनीमा नेपालका ७२ कलाकार र सिङ्गापुर, थाइल्यान्ड, भारत, भियतनाम, स्विटजरल्यान्ड, ग्रिस, युएसए, मलेसिया र अस्ट्रियाका क्रमशः ७, ३, ३, १, १, २, १, १, १ कलाकारका कलाकृति समावेश छन् । जसमा नेपालबाट बिनील बज्राचार्य, अनिल ताम्राकार, युजेश देउला, प्रसन्न प्रधान, प्रवेश बिडारी, सागर राना मगर, नीरज शाही, धीरेन्द्र कुँवर, सागर मगर, क्षितिज श्रेष्ठ, लक्ष्मण पुजारी, सुवास महर्जन, अनिल मेचे, प्रज्वल महर्जन, जीवन मगर, अशोक गुरुङ, रामप्रसाद शाह, विजेन्द्र श्रेष्ठ, जीवन राई, प्रह्लाद श्रेष्ठ, सुरज, हुसेन महर्जन, राज भुजेल, रोजन कर्ण, रोशन महर्जन, विश्वराज राई, सुस्मिता गुरुङ, अमन महर्जन, आङदावा शेर्पा, श्री केसी, निमा शेर्पा, सुवास लामा, संजय खड्गी, विराट राई, प्रदिप खड्गी, अस्टिन रा, राजन महर्जन, नवीन ठकुरी, विक्की देसार, अनिल श्रेष्ठ, राम सुनुवार, कमल दुलाल, बिनोद सिटौला, रन्दिप राई, सरोज महर्जन, धञ्जित तामाङ, दीपेश राई, सञ्जय बलामी, निराजन अधिकारी, सावन देउला, हरस, इरोस महर्जन, सृष्टिका योञ्जन, बिजु लामा, सञ्जीव खड्गी, विनिता गुरुङ, झरना गुरुङ, मनीष शाही, रुजेन शाक्य, आशिष राउत, सुजित राई, विशाल राना मगर, लक्ष्मण मगर, ओजल महर्जन, सन्दीप बागदास, रजिस शाक्य, रोहन श्रेष्ठ, उरेम लिम्बु, रन्जित राई, सविता महर्जन र सुमिना श्रेष्ठ रहनुभएको छ । त्यस्तै, सिङ्गापुरबाट च्बRainer Wu , Rex, Kia Lang, Jobel Chan, Bruce, Timmi kang, Jojo Leow, थाइल्यान्डबाट Wirot Chantarakant, Kob, Golf Natta Phong, भारतबाट Vishal Rathord, Manzul Mandal, Eboe, Neelix Bihani , भियतनामबाट Thang lee स्विटजरल्यान्डबाट Niko Milo, ग्रिसबाट Vasso Lowbrow, Tasso Zach, युएसएबाट Bleux Garza, मलेसियाबाट Koh Yuu Enn, अस्ट्रियाबाट Chello लगायतका कलाकारहरू रहनुभएको छ । कार्तिक १४ गतेसम्म चल्ने प्रदर्शनीको क्युरेटर पृथ्वी श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै, कार्यशालामा क्यान्भास, उडकट, मूर्तिकला, कार्टुन/क्यारिकेचर विधालाई समेटिएको छ, जसमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, सुन्दर सिंख्वाल, सुरेश लवट तुलाधर, प्रद्युम्न श्रेष्ठ, पृथ्वी श्रेष्ठ, रुवीकुमारी, दिवस न्यौपाने, कृतिका मानन्धर, इन्दु थारू, जय शंकर सन श्रेष्ठ, सुजन थामी, जेनी घले, टिसा श्रेष्ठ, स्मारिका महर्जन, अमन महर्जन, सरिना लामिछाने, कर्मा टासी गुरुङ, विजेन्द्र श्रेष्ठ, विशाल राना मगर, यशस अर्याल, रिहाना परियार, सौगात श्रेष्ठ, अमिर शाक्य, नविन नाल्वोलगायतको सहभागिता रहेको थियो ।