स्वस्थ मुटु, स्वस्थ जीवन
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा मुटु सम्बन्धी सचेतना कार्यक्रम मिति २०७८ कात्तिक ०५ गते आइतबार सम्पन्न भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले गंगालाल अस्पताल, त्यसले दिने सेवाहरुसहित मुटु, मुटु रोग लाग्नुका कारणहरु, अपनाउनु पर्ने सावधानी, उपचार विधीका बारेमा स्पष्ट पार्नुभयो ।