नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीस्थित बर्दघाट प्रज्ञा प्रतिष्ठानसँग असोज महिनामा गरिने ललितकला विषयक गोष्ठीका लागि सहकार्य गर्ने भएको छ । यस विषयमा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ सँग प्रतिष्ठानले बुधबार (भदौ ६ गते) छलफल गरेको हो । उक्त छलफलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ को उपस्थिति रहेको थियो ।