नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान, नक्सालमा पोर्चुगलका कलाकार नेलसन फेरैरासँग शुक्रबार (२०८० चैत २३ गते) ललितकला संवाद गरिएको छ । प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रम प्राज्ञसभा सदस्य प्रदीप शाक्यले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेलसनले कलाका बहुआयामिक पक्षका बारेमा आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । उहाँले कलामा नयाँ प्रविधिले पारेको प्रभावको बारेमा चर्चा गर्नुभयो । उहाँले नयाँ प्रविधिमा आधारित भिडियो तथा अडियोमार्फत कलाको बहुआयामिक पाटालाई प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलामा नयाँ प्रविधिले पारेको विश्वव्यापी प्रभावका बारेमा बताउँदै कलाकार नेलसनका कलाले नयाँ आयामको पाटोलाई केलाएको बताउनुभयो । उहाँले प्रविधि र विचारको सही संयोजनले गरी कलाकार नेलसनले कलामा नयाँपन ल्याउन सफल भएको बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कलामा नयाँपन युगको आवश्यकता भएको बताउनुभयो । उहाँले कलाकार नेलसनले प्रकाश, भिडियो तथा अडियोमार्फत कलामा नयाँ प्रयोग गरेको विचार व्यक्त गर्नुभयो । अन्तरक्रियात्मक सो कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रदिप अधिकारी, दिनेश्वर महतो, सौरगंगा दर्शनधारी, अग्रज कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद पौड्याल, डिबी राई, केशव राज खनाल, गणेश लामा, दिवेश प्रधान, एनबी गुरुङ, राजकुमार राना मगर, गौरीमाया कोजु याकामी, प्रकाश मिजार, रविन्द्र मानन्धर, रविन्सन श्रेष्ठ, छितेन शेर्पा र भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङका कलाकारमा दिपा राई, धिरज प्रधान, विमला प्रधान, बुद्धिकुमार सुब्बा, चन्दुप लेप्चा, कमल राई, कृष्ण राई, पासाङ शेर्पा, फुर छिरिङ लेप्चा, रिचार्ड जि लेप्चा, सागर सुब्बा र टिका प्रधानलगायतको उपस्थिति रहेको थियो ।