राष्ट्रिय योजना आयोगका सदस्य माननीय रामकुमार फुँयालज्यूबाट २०७८ असोज १८ गते सोमबारका दिन नेपालका १२५ समकालीन कलाकर्मीहरुको जीवनीमा आधारित कला लेखक ज्ञानेन्द्र विवशद्वारा लिखित “प्रतिनिधि नेपाली कलाकार” पुस्तक र नेपाली फोटोग्राफीको इतिहास र वर्तमान अवस्था सम्बन्धी वरिष्ठ कलाकार तथा उपकुलपति गोपाल चित्रकारद्वारा लिखित “नेपालमा फोटोग्राफी ः हिजो र आज” पुस्तक विमोचनको कार्य भव्यताका साथ सु–सम्पन्न गरियो ।