एक भव्य समारोहका विच नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले विभिन्न पुस्तकहरुको विमोचन तथा चित्रकला प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन तथा पुस्तकहरुको विमोचन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री गङ्गा प्रसाद उप्रेतीज्यू र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री नारायण भक्तश्रेष्ठ (रायन) ज्यूले संयुक्त रुपमा गर्नु भएको थियो । कार्यक्रमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव श्री विपिनकुमार घिमिरेज्यूद्वारा लिखित पुस्तक शशी शाहः कलायात्रा र Anatomy पुस्तकको साथै डा. रामकुमार भौकाजीद्वारा लिखित कला श्रष्टाः कुलमान सिंह भण्डारी र जुद्धकला पाठशाला नामक पुस्तकको समेत लोकार्पण गरिएको थियो । यसै कार्यक्रम अन्तरगत सातै प्रदेशबाट सात जना कलाकारहरुद्वारा गत वर्ष निर्माण गरिएका कलाकृतिहरुको प्रदर्शनी गरिनुका साथै “सम्वृद्ध नेपाल सुखी नेपाली” शिर्षकमा निर्मित एक चित्रकला समेत प्रदर्शीत गरिएको थियो ।