नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सदस्य सचिवको सचिवालयबाट प्रकाशित तिनवटा पुस्तक विमोचन भएको छ । मिति २०७८ साल पौष १८ गते प्रतिष्ठान परिषरमा नेपाली मूर्तिकला विकासमा ठाकुरप्रसाद मैनाली, समस्यामा नेपाली कला र कलाकर्मी र Socio-Political Dynamics of Nepali Paintings नामक पुस्तकहरु विमोचन भए । विमोचन कार्यक्रमको सभापतित्व प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता माननीय सुचन तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूले गर्नुभएको थियो । उक्त कार्यक्रममा विमोचित पुस्तक प्रकाशनको संयोजन प्रतिष्ठानका सदस्य सचिव श्री विपिन कुमार घिमिरेज्यूले गर्नुभएको थियो ।