‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ मा पुरस्कृत कलाकारसँग बुधबार अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यसवर्षका समसामयिक चित्रकला विधामा राष्ट्रिय ललितकला पुरस्कार विजेता उद्धवराज रिमाल, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाल, हस्तकला विधामा राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्य, परम्परागत मूर्तिकला विधामा राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जन, समसामयिक मूर्तिकला विधामा राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्री लगायतले आफ्नो कलायात्रा तथा आफ्ना कलाकृतिका बारेमा जानकारी दिनुभएको थियो ।
समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, चित्रकला विभाग प्रमुख संजय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, लोककला विभाग प्रमुख, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, सभा सदस्यज्यूहरु लालमान लामा, झिग्मे लामा, संगी श्रेष्ठ, निरिमाया लामा, अशोक लामा, महेन्द्र सुनार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सासामयिक चित्रकला विधामा यसवर्षको ललितकला विशेष पुरस्कार विजेता रिता मानन्धर र टीशा श्रेष्ठ, परम्परागत चित्रकला विधामा यसवर्षको ललितकला विशेष पुरस्कार विजेता तारामान भोम्जन, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यसवर्ष ललितकला विशेष पुरस्कार विजेता क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठ, हस्तकला विधामा यस वर्ष ललितकला विशेष पुरस्कार विजेता शेखमान महर्जन र सुमित्रा भुजेल, लोककला विधामा यसवर्ष ललितकला विशेष पुरस्कार विजेता ज्योति कुमारी सापकोटा कर्ण, समसामयिक मूर्तिकला विधामा यस वर्ष ललितकला विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) लगायतका कलाकारको उपस्थिति रहेको थियो । त्यस्तै, यस वर्षको ललितकला प्रादेशिक पुरस्कार विजेता कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापा लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।