नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न पुस्तकहरुको विमोचन आज मिति २०७५ भाद्र २६ गते मंगलबार दिनको १२ः३० बजे सांस्कृतिक संस्थान, जमल काठमाडौंमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भयो ।
कार्यक्रमको समुद्घाटन गर्दै माननीय मन्त्री रविन्द्र अधिकारीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले अनुसन्धानात्मक कृतिहरु प्रकाशन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा कृतिहरुले ललितकलाको अनुसन्धानमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलाको अनुसन्धानको क्षेत्रमा योगदान पु¥याएकोमा धन्यवाद ज्ञापन गर्दे प्रकाशित कृतिहरु स्तरीय रहेकोमा खुसी व्यक्त गर्नुभयो ।
सो अवसरमा आटिष्ट अफ नेपाल को दोस्रो संस्करण, पानीरङ्ग एक दृष्टिकोण अनेक, पूज्याँ किफाः सफु, जातीय हस्तकला, थारु लोककला, अवधि लोककला, साँखुका सम्पदा र वास्तुकला, पौराणिक लोककला पुँज्या विमोचन गरिएको थियो ।
कार्यक्रमको सभापतित्व नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका निवर्तमान उपकुलपति शारदा चित्रकारले गर्नुभएको थियो । उहाँले ८ वर्षको अवधिमा विभिन्न अनुसन्धानात्मक पुस्तकहरु प्रतिष्ठानले प्रकाशित गरेको स्मरण गराउँदै ललितकलाको अनुसन्धान आगामी दिनमा पनि जारी रहनुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका निवर्तमान सदस्य सचिव नवराज भट्टले प्रतिष्ठानले ४ वर्षमा गरेका मुख्य मुख्य कामहरुको विवरण पेश गर्नुभयो ।