२०७६ साल बैशाख १३ गते

नेपाल सरकार, संस्कृृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय श्री धनबहादुर बुढाज्यूको प्रमुख आतिथ्यता र प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूको सभापतित्वमा एक भव्य समारोहका बिच नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको नवौ प्राज्ञसभा सम्पन्न भयो । कार्यक्रमको विषेश अतिथिमा प्रतिष्ठानका संस्थापक कुलपति श्री किरण मानन्धरज्यू, प्र्रतिष्ठानका उपकुलपति श्री गोपाल चित्रकारज्यू र सदस्य सचिव श्री विपिन घिमिरेज्यू रहनु भएको थियो । समुद्घाटन समारोह सम्पन्न भएलगत्तै सुरु भएको बन्दसत्रमा विभिन्न विषयसूचिहरुमा छलफल भई प्राज्ञसभा सदस्यहरुबाट विभिन्न विषयमा सल्लाह सुझावहरु प्राप्त भएपश्चात प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूबाट प्रतिष्ठानको नवौ प्राज्ञसभाको १ दिने बन्दसत्रको कार्यक्रम समापनको घोषणा गर्नुभयो ।