नेपालका लिपि, अक्षरकला, सिर्जनशीलता र जीवित सांस्कृतिक सम्पदाको उत्सव नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा शनिवार (२०८३ असोज १७ गते) बाट सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनीता डङ्गोलले उद्घाटन गर्नुभएको कार्यक्रममा रञ्जना क्यालिग्राफी म्यानुअल, नेपाल लिपि किबोर्ड एप तथा Callijatra Calligraphy App सार्वजनिक गरिएको थियो । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान यस महत्त्वपूर्ण पहललाई अपनत्वका साथ अघि बढाउँदै नेपाली लिपि, अक्षरकला तथा क्यालिग्राफीको अध्ययन, सिर्जना, संरक्षण र प्रवर्धनलाई संस्थागत रूपमा अघि बढाउन प्रतिबद्ध छ । फेस्टिभलअन्तर्गत रञ्जना तथा कुटाक्षर क्यालिग्राफी कार्यशालालगायत विभिन्न कार्यशाला, प्रस्तुति तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन हुनेछन् । फेस्टिभल असोज २१ गतेसम्म चल्ने छ ।