नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूबीच शुक्रवार (२०८३ असोज २ गते) परिचयात्मक भेटघाट तथा अन्तर–प्रज्ञा संवाद सम्पन्न भयो। ललितकला, साहित्य, सङ्गीत, नाट्य, संस्कृति, दर्शन तथा ज्ञानका विविध आयामलाई एकअर्कासँग जोड्दै राष्ट्रिय सिर्जनात्मक परिदृश्यको आगामी दिशा, नीतिगत प्राथमिकता र साझा सम्भावनाहरूमाथि संवाद केन्द्रित रह्यो। तीन प्रज्ञा–प्रतिष्ठानबीचको संस्थागत सहकार्यलाई थप अर्थपूर्ण, समन्वित र दीर्घकालीन बनाउँदै ज्ञान, सिर्जना र सांस्कृतिक अभ्यासका क्षेत्रमा साझा पहल अघि बढाउने विषयमा विचार–विमर्श भयो। विविध सिर्जनात्मक विधाबीचको संवाद नै समृद्ध राष्ट्रिय सांस्कृतिक प्रणालीको आधार हो।
संवादमा सहभागी सम्पूर्ण पदाधिकारीहरूप्रति हार्दिक आभार।