नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान उपकुुलपतिको सचिवालयद्वारा मिति २०७९ असार २१ गतेदेखि २३ गतेसम्म तीनदिने डिजिटल फोटो कार्यशालाको सञ्चालन गरियो । कार्यशालाको समुुद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुुलपति श्री के.के.कर्माचार्यज्यूूले गर्नुुभएको थियो भने उक्त कार्यशाला सञ्चालन वरिष्ठ फोटोग्राफर एवम् काठमाडौं विश्वविद्यालयका भिजीटिङ प्याकल्टी श्री अशेष राजवंशले गर्नुभएको थियो । २८ जनाको सहभागिता रहेको उक्त कार्यशालामा सहभागीहरुले फोटोग्राफी सम्बन्धी अत्यन्तै महत्वपूूर्ण जानकारीहरु प्राप्त गर्नुुभएको थियो । कार्यक्रमका संयोजक एवम् प्रज्ञा–प्रतिष्ठानका उपकुुलपति श्री गोपाल चित्रकारज्यूूले ललितकला क्षेत्रमा पृथक धार बोकेको फोटोग्राफीलाई समयानुुकुुल सिर्जनशील र कलात्मक दक्षता अभिवृद्घिको उद्देश्य राखेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यस किसिमको फोटोग्राफी सम्बन्धी कार्यक्रमको आयोजना गरेको भन्नुुभयो ।

Exif_JPEG_420