‘नेपाल आर्ट एक्सचेञ्ज’ को सिलसिलामा नेपाल आउनुभएका जर्मनीका कलाकारहरूले आइतबार (२०८० माघ २१ गते) नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भ्रमण गर्नुभयो । जर्मनका Botti Hans-Hermann Bottenbruch, Helge Achenbach, Alexandra B.C. Bottenbruch, Alexander Eliezer, Elaus Fottinger, Bernd Zimmer, Daniel Zerbst, Carsten Fock, Armin Baumgarten, Susanne Kamps लगायतका कलाकारको टोलीलाई प्रतिष्ठानमा स्वागत गर्दै कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले आगामी दिनमा नेपाल र जर्मनीबिच कलामार्फत सम्बन्ध सुदृढ बनाउन अझ सहयोग पुग्ने बताउनुभयो । उपकुलपति लालकाजी लामाले जर्मनीका कलाकारहरूलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै कलाको सीमाविहीन यात्रामा प्रतिष्ठान पनि जोडिन चाहेको बताउनुभयो । सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपाल र जर्मनीबिच सांस्कृतिक आदानप्रदानमार्फत कलालाई जोड्न यस छलफल महत्वपूर्ण हुने धारणा राख्नुभयो । सो अवसरमा प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ तथा प्राज्ञसभा सदस्यहरु संगी श्रेष्ठ, प्रदिप शाक्य, कृष्णप्रकाश शाह, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाललगायतको सहभागिता रहेको थियो ।