नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘चितवन/नवलपरासी क्षेत्रमा चित्रकला तथा मूर्तिकलाको सम्भावना र चुनौती विषयक अन्तरक्रियात्मक गोष्ठी एवम् प्रयोगात्मक प्रदर्शनी’ चितवनको भरतपुरमा सम्पन्न भएको छ ।
चितवन साहित्य परिषद्मा असार २६ र २७ गते भएको कार्यक्रममा कलाकारले पहिलो दिन चित्र र मूर्तिको प्रयोगात्मक प्रदर्शनी गरेका थिए । जहाँ मूर्तिको डेमोनेस्टे«सन प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, मूर्तिकार तम पुन, सूर्य केसी, इन्दिरा श्रेष्ठ, चित्रकुमार श्रेष्ठ तथा चित्रको डेमोनेस्टे«सन दामोदर बराल, भिम श्रेष्ठ लगायतले गर्नुभएको थियो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य रामहरि श्रेष्ठ, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै उपकुलपति लालकाजी लामाले चितवन/नवलपरासी क्षेत्रमा कलाको विकासका लागि अन्य भौतिक विकाससँगै कलाको क्षेत्रमा पनि विशेष जोड दिनुपर्ने बताउनुभयो ।
मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले स्थानीय तहमा बनेका प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले कलासम्बन्धी हरेक कला गतिविधिमा सहकार्य गदै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले चितवन/नवलपरासी क्षेत्रको कला विकासको लागि कार्यक्रम गर्नु राम्रो भएको बताउँदै आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमको दोस्रो दिन चितवन/नवलपरासी क्षेत्रमा चित्रकला तथा मूर्तिकलाको सम्भावना र चुनौती विषयमा प्रकाश थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कलाकार भिम शर्माले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान, गैंडाकोटा नगर प्रज्ञा प्रतिष्ठान, चितवन ललितकला प्रतिष्ठान र हामी कलाकारले सहकार्य गरेका थिए ।