सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगरपालिकाको संयुक्त आयोजना तथा सिर्जनशील कलाकार समूह, पोखराको सहकार्य र जनकनमुना माध्यामिक विद्यालयको सहयोगमा बिहीबार (२०८२ माघ १५ गते)बाट जानकी आर्ट ग्यालरी, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, नवपरासीमा ‘गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो ।
गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी सभाध्यक्ष रहनुभएको कार्यक्रममा कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका नारदमणि हार्तम्छाली, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख तथा गण्डकी प्रदेश समन्वय समिति संयोजक सौरगंगा दर्शनधारी, गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्मा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल,राधिका कँडेल तथा स्थानीय कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको प्रदर्शनी माघ १९ गतेसम्म चल्ने छ ।
तस्विरः राधिका कँडेल

