नेपाल ललितकला प्रज्ञा–प्रज्ञा प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशको पोखरामा फागुन १९ गतेदेखि २३ गतेसम्म हुने ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’का लागि प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभाग प्रमुख तथा गण्डकी प्रदेश समन्वय समिति संयोजक सौरगंगा दर्शनधारीको संयोजकत्वमा शुक्रवार (२०८० फागुन ११ गते) १० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, भेलाले प्रतिष्ठानका प्राज्ञसभा सदस्य राधिका कँडेल संयोजक रहेको प्रचारप्रसार उपसमिति, झविन्द्र गुरुङ संयोजक रहेको डिस्प्ले तथा व्यवस्थापन उपसमिति, ज्योति गुरुङ संयोजक रहेको स्वयंसेवक/अतिथि सत्कार/स्वास्थ्य उपसमिति तथा सिर्जनशील कलाकार समूह संयोजक रहेको संघसंस्था समन्वय उपसमितिसँगै कलाकृति छनोट तथा सल्लाहकार समिति समेत गठन गरेको छ । यससँगै आइतबार(२०८० फागुन १३ गते) प्रदेश मूल आयोजक समितिको बैठक सम्पन्न भयो । बैठकले प्रदर्शनीलाई सफल र प्रभावकारी बनाउने विषयमा विभिन्न निर्णयसमेत गरेको छ ।