नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान, कोशी प्रदेश समन्वय समितिले काठमाडौंमा रहेका कोशी प्रदेशका कलाकारसँग कलाका विविध विषयमा सोमबार (भदौ १८ गते) छलफल गरेको छ । कोशी प्रदेश समन्वय समितिका संयोजक सञ्जय वान्तवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यतः कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनीको विषयमा छलफल भएको थियो ।