नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट्स फाउन्डेसनबिच ‘काठमाडौँ ट्रिएनाले’ सञ्चालनसम्बन्धी समझदारी–पत्रमा बुधवार (२०८० पुस ११ गते) हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । समझदारी पत्रमा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र फाउन्डेसनको तर्फबाट निर्देशक संगीता थापाले हस्ताक्षर गर्नुभयो । नेपाली कलालाई विश्वसामु चिनाउने, नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरूबिच कलासम्बन्धी विचारको आदान–प्रदान गर्ने/गराउने र कलामार्फत पर्यटन प्रवर्धनमा टेवा पुु¥याउने उद्देश्यका साथ कला महोत्सवका रूपमा आयोजना हुुँदै आएको ‘काठमाडौँ ट्रिएनाले’ लाई अझ फरक र पृथक् रूपमा अघि बढाउनका लागि प्रतिष्ठान र फाउन्डेसनले सहकार्य गरेका हुन् । यससँगै ‘काठमाडौँ ट्रिएनाले’ अब प्रतिष्ठान र फाउन्डेसनको संयुक्त कार्यक्रम हुने छ । काठमाडौँ ट्रिएनालेका संस्थापकका रूपमा सिद्धार्थ आर्ट्स फाउन्डेसनका निर्देशक संगीता थापाको योगदानलाई निरन्तरता दिने गरी आगामी दिनमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुुक्त आयोजनामा कला महोत्सवका रूपमा ‘काठमाडौँ ट्रिएनाले २०८२’ को संस्करण र त्यसपछि हुने विभिन्न संस्करणहरू संयुक्त रूपमा आयोजना गर्ने सम्बन्धमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट्स फाउन्डेसनबिच यस समझदारी–पत्रमा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छालीले भन्नुभयो, ‘प्रतिष्ठानसँग सहकार्य गर्न उहाँहरूले हार्दिक सद्भाव लिएर उहाँहरूले उत्सुकता जनाउनुभयो । हामीलाई पनि यो आवश्यकता थियो ।’ उहाँले नेपाली कलाका क्षेत्रमा ऐतिहासिक रूपमा काम गर्न पनि आफूहरूले यस कार्यक्रममा सहकार्य गरेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हाम्रो पहिचान, पहुँच र पहलका लागि हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।’
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले, नेपाली कलालाई विश्वस्तरमा पु¥याउने लक्ष्य राखेर प्रतिष्ठानले काठमाडौं ट्रिएनाले गर्न लागिएको बताउनुभयो । उहाँले नेपाली कलालाई जनस्तरसम्म पु¥याउने गरी काम अगाडि बढाउने जानकारी दिनुभयो ।
सिद्धार्थ आर्ट फाउन्डेसनका निर्देशक संगीता थापाले भन्नुभयो, ‘प्रतिष्ठान आगामी ‘काठमाडौँ ट्रिएनाले’को प्रतिष्ठानसँग मिलेर काम गर्न पाउँदा एकदमै खुसी छु । हामी ट्रिएनालेलाई सफलतापूर्वक सम्पन्न गर्न काम गर्छौँ ।’ उहाँले नेपाली कला इतिहासको आगामी बाटो तय गर्ने युवापुस्ताले नै ‘काठमाडौँ ट्रिएनाले’लाई अघि बढाउने छ भन्ने आफ्नो विश्वास रहेको धारणा राख्नुभयो ।
ट्रिएनालेलाई आगामी दिनमा राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय कार्यक्रमका रूपमा स्थापित गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय कला केन्द्रका रूपमा स्थापित गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सघसंस्थाहरूसँग सहकार्य गरी नेपाली कला, संस्कृति र पर्यटन प्रवर्धन गर्ने, नेपाली कलालाई विश्वव्यापी बनाउने तथा अन्तर्राष्ट्रिय कलाजगत्सँग सद्भावना सेतुुका रूपमा विस्तार गर्ने, सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन दिने लगायतका उद्देश्य राखिएको छ ।
समझदारी पत्रमा उल्लेख गरिएअनुसार ट्रिएनालेको प्रत्येक संस्करणमा नेपाली कलाको इतिहास र अग्रज नेपाली कलाकारहरूको योगदान झल्किने विशेष प्रदर्शनीको आयोजना गरिने छ । नेपालका विभिन्न कला क्याम्पस एवम् कला संस्थाहरूसँगको सहयोग, समन्वय र साझेदारीमा विद्यार्थी ट्रिएनालेको समेत आयोजना गरिने छ । काठमाडौँ ट्रिएनालेको मुख्य कार्यक्रम काठमाडौँमा गरिने छ र काठमाडौँबाहिर (नेपालभर) का अन्य स्थानमा स्याटेलाइट इभेन्टका रूपमा कार्यक्रम सञ्चालन गरिने छ । विभिन्न सङ्घ–संस्था र निकायहरूसँग समन्वय गरी कार्यक्रममा ललितकलाबाहेक अन्य विधाका कार्यक्रमहरूलाई पनि समावेश गर्न पहल गरिने छ ।
कार्यक्रममा सहप्राध्यापक सुजन चित्रकारले ‘काठमाडौँ ट्रियनाले’को विगतदेखि वर्तमानसम्मका विविध पक्षको चर्चा गर्दै प्रतिष्ठानसँग सहकार्य गरेर आगामी दिनमा कार्यक्रम गर्दा त्यसले नेपाली कलाको क्षेत्रमा पार्ने सकारात्मक प्रभाव र चुनौतीलगायतका विषयमा चर्चा गर्नुभयो । उहाँले मोफसलमा रहेका कलालाई पनि अन्तर्राष्ट्रिय स्तरमा लैजानुपर्ने र नेपालाको माटो सुहाउँदो कलाको मोडललाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सबैलाई समेटेर सामूहिक काम गर्ने प्रयासको थालनी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो गौरवपूर्ण ट्रियनालेलाई अझ गौरवपूर्ण बनाउनको लागि तथा कला उत्सवलाई अझ महŒवपूर्ण बनाउनका लागि र सबैको स्वीकार्यता, सौहार्दता बोध गराउने उद्देश्यले यस कार्यक्रमलाई अघि बढाएका हौँ ।’
समारोहमा प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्यहरू, विभिन्न कलाकार, कलाप्रेमी, कला सङ्घसंस्थाका प्रतिनिधिहरू, विद्यार्थी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।