कलाकार अरनिको स्मृति दिवस–२०७९ को उपलक्ष्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम प्रतिष्ठानका कुलपति नादरमणि हार्तम्छालीको सभापतित्व तथा प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्यको प्रमुख आतिथ्यमा अरनिकोको मूर्तिमा माल्र्यापण तथा दिप प्रज्वलन गरी प्रतिष्ठानको भाजुमान सभाकक्षमा यही फागुन २७ गते सम्पन्न भयो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति, सदस्य–सचिव, प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य लगायत अग्रज कलाकार मदन चित्रकार, विज्ञ व्यतित्व डा. नरेश शाक्य लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्र थुम्ेकेलीले गर्नुभएको थियो भने प्राज्ञपरिषद् सदस्य सौरगंगा दर्शनधारीले स्वागत मन्तव्य सहित सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।