नेपाल र जर्मनीका कलाकारहरूको सहभागितामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा माघ २२ र २३ गते भएको ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’ बाट सिर्जित कलाकृतिको प्रदर्शनी फागनु ८ गतेबाट सुरु भएको थियो । ‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’ नामक सो प्रदर्शनी सोमबार (२०८० फागुन १४ गते)सम्पन्न भएको छ । सो अवसरमा प्रतिष्ठानमा जर्मन कलाकारहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै जर्मन कलाकारहरूले प्रतिष्ठानसँगको सहकार्यमा गरिएको यस कार्यक्रमबाट आफूहरू खुसी भएको र नेपालको अमिट छाप आफूहरूको मनमा रहिरहने बताउनुभयो ।