अर्थतन्त्रमा ललितकलाको योगदान विषयमा शनिबार समूहगत छलफल भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भाजुुमान सभा कक्षमा भएको कार्यक्रममा वक्ताका रुपमा कला अभियन्ता अनिल चित्रकार र सिद्घार्थ आर्ट ग्यालरीका निर्देशक संगीता थापा रहनुभएको थियो भने प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदिप शाक्यले सहजकर्ता हुनुहुन्थ्यो । छलफलमा अनिल चित्रकारले कला अर्थतन्त्रको सूूचक भएको र कुुनै पनि सभ्यताको पहिचान कलामार्फत हुुने कुुरा व्यक्त गर्नुुभयो । चित्रकारले कलालाई अर्थतन्त्रसँग जोडेर अगाडि बढ्न ठोस रणनीतिको आवश्यकता भएको र सरकारबाट पनि कला संवद्र्घन एवम् प्रवद्र्घनका लागि आवश्यक बजेटको व्यवस्था गर्न आजैबाट पहल गर्नुुपर्ने बताउनुुभयो । उहाँले कलाको मूूल्य कहिल्यै नघट्ने झन् त्यसको दिनानुुदिन वृद्घि हुुँदै जाने भएकोले अहिलेको अवस्थामा आर्ट र अर्थतन्त्रलाई सँगसँगै लिएर अगाडि बढ्नुुपर्ने कुुरामा जोड दिनुुभयो । कार्यक्रममा बोल्दै अर्का वक्ता संगीता थापाले सरकारले कला क्षेत्रको लागि बजेटको व्यवस्था ज्यादै न्यूून गरेकोले कलाको विकासका लागि ठोस कार्यक्रमहरु गर्न नसकेको बताउनुुभयो । थापाले हाम्रा ऐतिहासिक, सांस्कृतिक तथा कला पक्षलाई सरकारले विशेष ध्यान दिन सके यसले अर्थतन्त्रमा उल्लेखनीय भूूमिका निर्वाह गर्ने जिकिर गर्नुुभयो । कला विकासका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले मात्रै नभई अन्य सरकारी तथा निजीस्तरका ग्यालरी तथा म्युजियमले पनि संयुुक्त रुपमा प्रयास गर्नुुपर्ने उहाँले बताउनुुुभयो । छलफल कार्यक्रममा कलालाई अर्थतन्त्रसँग जोड्न ठोस रणनीति बनाउनुुपर्ने, म्युजियम मार्गलाई केन्द्रित गरेर विद्युुतीय यातायातको सञ्चालन गर्ने, आर्टलाई धितो राखी बैंकहरुबाट ऋण लिनलाई वातावरण सृृजना गर्ने, कलाकृति बिक्री गर्नका लागि कलाकृतिको प्रचार –प्रसार गर्ने जस्ता अत्यन्तै गहन विषयवस्तुुमा छलफल गरियो ।