‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरुको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमअन्तर्गत नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा बुधबार (२०८१ जेठ ९ गते) चन्द्रागिरी हिल्समा ‘हिमालयको रहस्य २०८१’ कला प्रदर्शनी गरिएको छ । जेठ १० गतेसम्म चल्ने उक्त प्रदर्शनीमा ३८ कलाकारका कलाकृति राखिएका छन् । सो कार्यक्रमको उद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो ।