नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हस्तकला महासङ्घका पदाधिकारीहरूबिच हस्तकलाको सौन्दर्यात्मक पक्ष, त्यसको विकास, प्रवर्धन, संवधर्न र हस्तकलाका क्षेत्रमा गरिने सहकार्यका विषयमा बुधवार (२०८१ माघ २३ गते) नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा छलफल भएको छ । छलफलमा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले हस्ताकलाका समस्या, चुनौती र त्यसका समाधानका लागि गर्नुपर्ने कार्यहरू र अन्य नीतिगत विषयमा पावरपइन्टमार्फत प्रस्तुति दिनुभएको थियो । छलफलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य अरुणा हिङमाङ, प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदीप शाक्य, प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्ले, हस्तकला महासङ्घका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्षहरू नवीन शाक्य, श्रीकृष्ण प्रजापति, सविना सिं महर्जन, महासङ्घका कार्यकारी सदस्य उदीप शाक्य र देवराज बज्राचार्यलगायतको उपस्थिति रहेको थियो ।
