काठमाडौँ महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा महानगरअन्तर्गतका ४६ विद्यालयका ४६ समूहमा सञ्चालन भएको शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम/कार्यक्रममा विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको असार १३ गतेबाट सुरु भएको प्रदर्शनी शुक्रवार भएको छ । प्रदर्शनीको समापन समारोहमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल रहनुभएको थियो । उहाँले भन्नुभयो, ‘पेन्टिङ, स्केच, स्कल्पचर, क्राफ्टका ट्रेनिङहरू भइरहेका सन्दर्भमा तपाईँहरूले त्यो राम्ररी सिक्नुभएको छ भन्ने लागेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै इम्प्रुभमेन्ट भएको मैले पाएँ । सिक्नेक्रम तीव्र रूपमा अघि बढिरहोस् ।’ प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सिपसँग जोडेर सिर्जनात्मक अभिव्यक्तशील कलाको तहगत अनुभूति गराउन सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम÷कार्यक्रमले देशको आगामी कला संस्कृतिको जग निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सिर्जनशील व्यक्तित्व निर्माण गर्न कलाको ठुलो योगदान रहने जिकिर गर्नुभयो ।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कार्यक्रममा महानगरका ४६ विद्यालयका १३०० भन्दा बढी विद्यार्थी सहभागी भएको र यो निकै उत्साहजनक रहेको धारणा राख्नुभयो । उहाँले कला समाजको प्रतिविम्ब भएको र यसले सिकाइका क्रममा थेरापीको पनि काम गर्ने बताउनुभयो ।
समारोहमा प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई सम्मान पनि गरिएको थियो । प्रदर्शनीमा काठमाडौँ महानगरअन्तर्गतका पशुपति मित्र स्रोत केन्द्र मा.वि, श्रम राष्ट्रिय मा.वि, वाल व्यसायी केन्द्र मा.वि, शिवपुरी मा.वि, शान्ति विद्यागृह मा.वि , बाँसवारी मा.वि, महेन्द्र राष्ट्रिय मा.वि, धुम्रबराह मा.वि, टंगाल मा.वि, नन्दी मा.वि, पद्मोदय मा.वि, शहिद शुक्र मा.वि, पद्मकन्या विद्याश्रम मा.वि, विजय स्मारक मा.वि, भानु मा.वि, संस्कृत मा.वि, रत्न राज्य मा.वि, महेन्द्र बौद्ध मा.वि, नव जागृति मा.वि, जनकल्याण मा.वि, ज्ञानोदय मा.वि, जन प्रभात मा.वि, नील बाराही मा.वि, कुलेश्वर मा.वि, जन विकास मा.वि, जनपथ मा.वि, शान्ति निकुञ्ज मा.वि, नेपाल आदर्श मा.वि, बाल सेवा मा.वि, विश्व निकेतन मा.वि, गुह्येश्वरी मा.वि, सरस्वती निकेतन मा.वि, कन्या मन्दिर मा.वि, शान्ति शिक्षा मन्दिर, गीतामाता मा.वि, शारदा मा.वि, भीमसेन गोला मा.वि, शीतला मा.वि, सिद्धि गणेश मा.वि, तरुण मा.वि, श्री जुद्धोदय मा.वि, नेपाल युवक मा.वि, जन जागृति ज्ञान रश्मि मा.वि, श्री सिद्धेश्वर मा.वि, कोटेश्वर सरस्वती मा.वि, गुह्येश्वरी मा.वि.का विद्यार्थीले सिर्जना गर्नुभएको कलाकृतिहरू राखिएको थियो ।
समारोहमा उत्कृष्ट कलाकृति सिर्जना गर्नुहुने पशुपति मित्र स्रोत केन्द्र मा.विका प्रशुन श्रेष्ठ, श्रम राष्ट्रिय मा.विका मनिला तामाङ, वाल व्यसायी केन्द्र मा.विका आयुष चौधरी, शिवपुरी मा.विका अमृता कुुमारी, शान्ति विद्यागृह मा.विका नमन राजवंशी, बाँसवारी मा.विका विनिता श्रेष्ठ, महेन्द्र राष्ट्रिय मा.विका सजना मगर, धूम्रबराह मा.विका लक्ष्मण ताम्राकार, टंगाल मा.विका किस्मल ओएसटी, नन्दी मा.विका सुदीक्षा अधिकारी, पद्मोदय मा.विका निर्जला तिमल्सिना, शहिद शुक्र मा.विका समिप गणेश, पद्मकन्या विद्याश्रम मा.विका सबा परविन, विजय स्मारक मा.विका आयुष मगर, भानु मा.विका जेनिशा मगर, संस्कृत मा.विका गौरव गिरी, रत्न राज्य मा.विका सिमरन साह, महेन्द्र बौद्ध मा.विका कृष्ण मगर, नव जागृति मा.विका सुुशन राई, जनकल्याण मा.विका रोजालिन लामा, ज्ञानोदय मा.विका योजन दनकोटी, जन प्रभात मा.विका सरोज लामा, नील बाराही मा.विका प्रदिप तामाङ, कुलेश्वर मा.विका निशा तामाङ, जन विकास मा.विका विशाल राई, जनपथ मा.विका पुुजन थपलिया, शान्ति निकुञ्ज मा.विका स्वइस्मा छुमी तामाङ, नेपाल आदर्श मा.विका उत्तम दर्जी, बाल सेवा मा.विका प्रबिन नेपाली, विश्व निकेतन मा.विका अवु चौधरी, गुह्येश्वरी मा.विका सरस्वती राई, सरस्वती निकेतन मा.विका अस्लिना मानन्धर, कन्या मन्दिर मा.विका रेश्मा तामाङ, शान्ति शिक्षा मन्दिरका अमन थोकर, गीतामाता मा.विका आयुुष श्रेष्ठ, शारदा मा.विका सुुविना आले मगर, भिमसेन गोला मा.विका हेमन्त बहादुर शाही, शीतला मा.विका शैलेस मल्ल, सिद्धि गणेश मा.विका आयुष खड्का, तरुण मा.विका झरना खपाङी मगर, श्री जुद्धोदय मा.विका विकेश खाती, नेपाल युवक मा.विका अमोस घले, जनजागृति ज्ञान रस्मि मा.विका सलोनी तामाङ, श्री सिद्धेश्वर मा.विका कबिर कार्की, कोटेश्वर सरस्वती मा.विका सृष्टि अधिकारी, गुह्येश्वरी मा.वि.का आस्था गुरुङलगायतका विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदानसमेत गरिएको थियो ।
यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रतिष्ठानले आयोजना गरेको विद्यालयमा प्रशिक्षक तथा सहायक प्रशिक्षक रहनुभएका कलाकारहरूले सिर्जना गर्नुभएका कलाकृति समावेश गरिएको ‘एकता’ प्रदर्शनी पनि शुक्रवार सम्पन्न भएको छ । प्रशिक्षक तथा सहायक प्रशिक्षकहरू केशवराज खनाल, जया शर्मा, रिता मानन्धर, मुना भडेल, मनरा प्रजापति, प्रद्युम्न श्रेष्ठ, यशस चन्द्र अर्याल, लीलाधार के.सी, विनोदकुमार गुप्ता, भीम सुब्बा तामाङ (बाबु साइला), ध्रुवराज शर्मा, लक्ष्मी मास्के (पुनम), उमा खड्का, विनोद लिम्बु, किशोर नकर्मी, दीपक कुवँर, सुदन थापा मगर, करिमा जोशी, कान्छाकाजी भासिमा, रोनिसा श्रेष्ठ, आशिष थापा, सानुराज डंगोल, भुफान लिम्बु, चन्द्रा श्रेष्ठ, न्हुजः श्रेष्ठ, अश्मा राई, उजेम मानन्धर, श्रेया दुवाल, सुजनवीर बज्राचार्य, सुस्मिता मिजार, चित्र मगर, सिकेन्दर चौधरी, इन्केश घर्ती, संघमित्रा बज्राचार्य, अग्रिम राई, सुजिता चौधरी, उषिना महर्जन, दीपा खनाल, सुयोग महर्जन, जेनी घले, प्रितम थापा, झर्ना राई, रोजन खड्का, रविन्द्र खनियाँ, रीति महर्जन, करुणा श्रेष्ठ, सरिना लामिछाने, सुस्मिता मोक्तान, सरला नकर्मी, प्रतिभा चौधरी, सरद दर्शनधारी, सुरज श्रेष्ठ, आशा माया लामा, कमला खड्का, सुशीला मोक्तान, रितु थापा, रतिना बज्राचार्य, दीपक आउजी, कार्मा टासी गुरुङ, गंगा वस्ती, रोजेन मुनिकार, टेकबहादुर केप्छाकी मगर, सुमित्रा बराल, पूजा महर्जन, रोहित महर्जन, लक्ष्मीप्रसाद खोटेजा, सर्जु कपाली, जुनु तामाङ्, मीना महर्जन, मनिषा डङ्गोललगायत रहनुभएको थियो ।