नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा बिहीबार(२०८१ फागनु ८ गते)बाट ‘सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ । प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका माननीय सभामुख भीमबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख तथा सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक प्रदिप अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेशका विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीलगायतको समेत सहभागिता रहेको थियो । फागुन १२ गतेसम्म चल्ने प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।