नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा कार्तिक २५ गतेबाट सुरु भएको ६ दिवसीय ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ शुक्रवार (२०८१ कार्तिक ३० गते) सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव प्रमुख अतिथि हुनुहुन्थ्यो । समापन समारोहमा कार्यशालामा प्रशिक्षक तथा प्रशिक्षार्थीलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।