‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ को सन्दर्भ पारेर बुधवार (२०८१ जेठ ३० गते) बाट ‘सामाजिक विभेदविरुद्धको सचेतना ललितकला ललितकला कार्यशाला–२०८१’ सुरु भएको छ । प्रतिष्ठानका उपकुलपति लामाले कार्यक्रममा समयानुसार हाम्रा कलाहरू पनि परिष्कृत हुँदै गएको बताउँदै देशका विभिन्न रैथाने कला, शिल्पकला आदिको ज्ञानको खोजी गर्दै विज्ञानसँग जोडी विकास गर्न आवश्यक रहेको बताउनुभयो । प्रतिष्ठानका हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले सामाजिक विभेदको अन्त्य संविधानमा उल्लेख भएको र कलाकारहरूले यस्ता विषयलाई आफ्ना सिर्जनामा अभिव्यक्त गर्ने विश्वास आफूले लिएको बताउनुभयो । वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले महिलालाई परेका समस्या÷पीडाका विषयहरू कलाकारका कलाकृतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य संगी श्रेष्ठले ‘कलामा आवाजविहीनहरूको आवाज’ र डिवी नेपाली ‘दमु’ले ‘कलामा शिल्पी समुदायको गरिमा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ती कार्यपत्रमाथि क्रमशः त्रि.वि.का उपप्राध्यापक डा. बालाकृष्ण अधिकारी र नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तेजविलास अधिकारीले टिप्पणी गर्नुभएको थियो । बिहीबार सम्पन्न हुने उक्त कार्यशालामा प्राज्ञपरिषद् सदस्य संजय वान्तवा राई, अरुणा हिङमाङ अग्रज कलाकार राधेश्याम मुल्मी, संगी श्रेष्ठ, अर्जुन न्यौपाने, दीपेन्द्रमान बनेपाली, दुर्गाबहादुर भण्डारी, सरिता मण्डल, विनोद गुप्ता, किरण सिगु, विपना महर्जन, चन्द्रा श्रेष्ठ, दीपमाला महर्जन, कान्छाकाजी भासिमा, टासी सलका शेर्पा, दीपक आउजी, सुरक्षा वाग्ले, रुवीकुमारी कर्ण, निरुपन जैसवाल, विनिता खड्का, सोनी राई, प्रमिला परियार, जेनी घले, सिकेन्दर चौधरीलगायतका कलाकारको सहभागिता रहेको छ । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, संजय बान्तवा राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन प्राज्ञ सौरगंगा दर्शनधारी र अरुणा हिङमाङले गर्नुभएको थियो । कार्यशाला बिहीबार सम्पन्न हुने छ ।