नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनको संयुक्त आयोजनामा हुने ‘काठमाडौँ ट्रिएनाले २०२६’ अन्तर्गतको संवाद शृङ्खलामा शुक्रवार (२०८१ मङ्सिर २१) गते कलाकार एवम् प्राध्यापक सलिमा हास्मीसँग Mentoring The Future in South Asia:Collaboration For peace कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा हास्मीले दक्षिण एसियामा व्याप्त सामाजिक, राजनीतिक व्यवस्थाले ल्याएका द्वन्द्व, अशान्ति, सामाजिक विभेद, सीमान्तकृत वर्गको आवाजलाई एक सच्चा कलाकारले कलाका माध्यमबाट सम्र्पूण विश्वमा नै सन्देशसहित नीतिगत तहमा झकझकाउनु रहेको बताउनुभयो । कुनै कालखण्डमा बिनारोकतोक निर्धक्क आवतजावत गर्न सकिने दक्षिण एसियाका मुलुकहरूमा वर्तमान व्यवस्थाले सीमागत रूपमा अलग्याएको भए तापनि कलाका माध्यमबाट एकै मालामा उन्न जरुरी रहेको बताउनुभयो । सो अवसरमा उहाँले कार्यक्रममा दक्षिण एसियाको समसामयिक विषयलाई प्रतिनिधित्व गर्ने विविध माध्यमका कलाकृतिहरू पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत प्रस्तुत गर्नुभएको थियो ।