नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा कोसी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा सम्पन्न ‘समसामयिक चित्रकला राष्ट्रिय सम्मेलनको कार्यशाला तथा गोष्ठी २०८१’ मा सिर्जित कलाकृतिको प्रदर्शनी’ आइतबार(२०८१ असोज ६ गते)बाट सुरु भएको छ । प्रदर्शनीको प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री हेमराज राईले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा नारदमणि हार्तम्छाली, संजय वान्तवा, सरोजा खड्गी, सुदर्शनविक्रम राणा, अनुराधा थापा, यसोदाकुमारी सिंह (लम्साल), डिल्लीकृष्ण आले, गणेश लामा, एच.बि. रम्तेल, खेमबहादुर घिमिरे, किरणकुमार सिगु, कृष्ण लामा, लेखबहादुर थापा मगर, महेन्द्र राई, मनुकुमार चौधरी, मुकेश श्रेष्ठ, मुकुन्द प्रयास, नगेन सिंह, पाल्झाङ लामा, प्रनोद दत्त, राकेशचन्द्र श्रेष्ठ, सविन उपाध्याय, संजय सयल, श्यामसुन्दर यादव, सुदिन श्रेष्ठ, सुरेश प्रतिक, तिलक राई, छितेन शेर्पा, उद्धवराज रिमाल, युवराज रिजाललगायतका कलाकृति राखिएका छन् । प्रदर्शनी ११ गतेसम्म चल्ने छ ।