नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शुक्रवार (२०८१ भदौ ७ गते )नेपालमा सङ्ग्रहालयको अवधारणा, वर्तमान अवस्था र एकरूपतालगायतका विषयमा छलफल सम्पन्न भएको छ । उक्त छलफलमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू दिनेश्वर महतो, संजय वान्तवा राई, प्राज्ञसभा सदस्यद्वय संगी श्रेष्ठ, प्रदीप शाक्य, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनाल, राष्ट्रिय मुद्रा सङ्ग्रहालयका गोविन्द न्यौपाने, पाटन सङ्ग्रहालयका सुरेशमान लाखे, राष्ट्रिय सङ्ग्रहालयका नवराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।