नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजना तथा गण्डकी प्रज्ञा–प्रतिष्ठान र सिर्जनशील कलाकार समूहको सहकार्यमा शनिवार (२०८१ असार १ गते)बाट सुरु भएको ‘वातावरणीय प्रतिस्थापन कला कार्यशाला तथा प्रदर्शनी’ सोमबार (२०८१ असार ३ गते)सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले गर्नुभएको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले पोखरामा वातावरणीय विषयमा प्रतिस्थापन कला कार्यशाला तथा प्रदर्शनीको नयाँ अनुभव भएको धारणा राख्नुभयो । उहाँले कार्यशालामा कलाकारले जीवन, मृत्यु, बाल्यकाल, संघर्ष, आधुनिक विकासले प्राकृतिक सम्पदामा पारेको असरका बारेमा प्रतिस्थापन कला निर्माण गरेको बताउनुभयो ।
कार्यशालामा लोकप्रसाद गुरुङ, प्राज्ञ बुद्धि गुरुङ, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सुदिन श्रेष्ठ, झविन्द्र गुरुङ, दलबहादुर गुरुङ, शरद भण्डारी, निशान थापा, पर्वतमान राई, गोपाल राई, बाबुराम बस्ताकोटी, हेमकान्ती गुरुङ, पुजन खतिवडा, अनुज खनाल खत्रीलगायतका कलाकारको सहभागिता रहेको थियो ।