नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको संयोजनमा फागुन १० गतेदेखि १४ गतेसम्म हुन गइरहेको लुम्बिनी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का लागि शुक्रवार (२०८१ माघ १८ गते) ४१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोका अध्यक्षतामा बसेको भेलाले गठन गरेको समितिमा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली सह–संयोजक रहनुभएको छ । त्यस्तै भेलाले कार्यकारी उपसमिति, डिस्प्ले उपसमिति, आर्थिक व्यवस्थापन, कलाकृति सङ्कलन, स्वास्थ्य/सुरक्षा/स्वयंसेवक/अतिथि सत्कार, विविध कला गतिविधि उपसमितिसमेत गठन गरेको छ ।
