नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा वैशाख २ गतेबाट सुरु भएको ‘ललितकला मेला २०८२’ शनिवार(२०८२ वैशाख ६ गते) सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा प्रतिष्ठानका उपकुलपति एवं कार्यक्रम संयोजक लालकाजी लामा सभाध्यक्ष रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै कुलपति नारदमणि हार्तम्छालीले सिर्जनाको क्षेत्रमा गतिशील कार्यको थालनी भएको बताउनुभयो । उहाँले कलाक्षेत्रको महासागरभित्र बसेर कला संस्कृतिको समभावलाई सांस्कृतिक सद्भावका रूपमा सम्प्रेषण गर्ने प्रयत्न गरको कुरा बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका संयोजक लालकाजी लामाले सबैको सहयोग र सहभागिताले कार्यक्रम सफल भएको बताउनुभयो । उहाँले यस कार्यक्रम कला क्षेत्रको एउटा नयाँ सिकाइ भएको र आगामी दिनमा कलाको क्षेत्रलाई समृद्ध बनाउन आगामी दिनमा यसलाई निरन्तरता दिने बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कार्यक्रमबाट प्रतिष्ठानलाई थप हौसला मिलेको बताउनुभयो । उहाँले मेलालाई आगामी दिनमा अन्तराष्ट्रिय स्तरमै जोड्ने गरी गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मेलामा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठान, ललितकला क्याम्पस, काठमाडौँ विश्वविद्यालय, कलेज अफ फाइन आर्ट्स, सिर्जना कलेज अफ फाइन आर्ट्स, उत्साही महिलाहरुको सामाजिक तथा आर्थिक कल्याण केन्द्र, जानकी गाउँपालिका, कैलाली, थारु लोककला हव, सुनापति प्रज्ञा–प्रतिष्ठान, सुुनापति, रामेछाप, आइडिया नेपाल, नेपाल हस्तकला महासङ्घ, हिमालयन ट्याटु समिट, अखिल नेपाल ललितकला सङ्घ, बिन्दु स्पेस फर आर्टिस्ट, ठाकुुरप्रसाद–इन्दिरा मैनाली कला फाउन्डेसन, कार्टुनिस्ट क्लब अफ नेपाल, नेपाल हस्तकला कालीगढ संघ, कृति आर्ट इन्टरप्राइजेज, प्रिन्ट मेकिङ नेपाल, प्रिज्मा स्टेसनरी, आरन क्रियटिभ स्पेस, वृधि होममेड, सुभाद्री सुभा, ललितपुुर धातु मूर्तिकला सङ्घ, निर बहादुर तामाङ, ब्लेसिङ्ग ट्यारोट, गुुरुङ फ्रेम मोडलिङ इन्डस्ट्रिज, मिथिला कलाकृति, मिथिला नारी हस्तकला सेन्टर, धनुुषा, जनकपुुरधाम, अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल, राष्ट्रिय ललितकला सङ्घ, नेपाल, सहस्रभुुज ह्यान्डिक्राफ्ट, संवाद फाउन्डेसन, आर्ट पेभिलियन एन्ड स्टेसनर्स, नविन नाल्बो, मित्रकला आर्ट स्टुडियोलगायतले सहभागिता जनाउनुभएको थियो । हिमालयन बैङ्कको सहयोग, नेपाल फोटो पत्रकार सङ्घ मिडिया पार्टनर रहेको कार्यक्रमको समापन समारोहमा मेलामा सहभागीलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

त्यस्तै, समापन कार्यक्रममा ललितकला मेलाअन्तर्गतको भएको ‘काष्ठ मूर्तिकला कार्यशाला २०८२’ सहभागी कलाकारहरूलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यशालामा कलाकारहरू ओमप्रकाश सिंह, सुस्मिता शाही, सम्झना अधिकारी, दीपक श्रेष्ठ, सन्दिया श्रेष्ठ, राजन लामिछाने, दीपक अनुपम शाही, विदुर पौडेल, आयुष सुनार, भिक्षु अनन्तो, निमा दोर्जे, भीमबहादुर राना मगर र अनिता श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । साथै, समारोहमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ को प्रचार–प्रसारार्थ नेपाल कमर्सियल आर्टिस्ट सङ्घको समन्वयमा भएको ब्यानर लेखन प्रतियोगितामा कलाकारहरूलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा किशोर चौधरी, घनश्याम चौधरी,मोतिलाल राई, अन्दीलाल सरदार, राधेश्याम चौधरी, हरिकृष्ण चौधरी, कालिन्दप्रसाद चौधरी, विक्रम चौधरी, विर्जु चौधरी, रमेशकुमार चौधरी, कृष्ण मण्डल, उमेश साह तेली, सन्तोष वि.सी., डम्फे तामाङ र रामकृष्ण चौधरी सहभागी हुनुहुन्थ्यो । जसमा उमेश साह तेली प्रथम, किशोरकुमार चौधरी द्वितीय र रामकृष्ण चौधरी तृतीय हुनुभयो । उहाँहरूलाई क्रमशः प्रमाणपत्रसहित दश हजार, सात हजार र पाँच हजारले सम्मान गरिएको थियो । प्रतियोगिता संयोजन प्राज्ञसभा सदस्य चन्द्रकुमार राईले गर्नुभएको थियो ।