नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समिति र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको संयुक्त आयोजनामा शनिवार (२०८१ फागुन ३ गते) रुपन्देही उद्योग सङ्घमा चित्रकला कार्यशाला–२०८१ सम्पन्न भएको छ । कार्यशालाका विषयमा प्रकाश पार्दै प्राज्ञ दिनेश्वर महतोले प्रदेशका सामाजिक जनजीवन, ऐतिहासिक विषयवस्तुहरूलाई कलाकारहरूले आफ्ना कलामा समेटेको बताउनुभयो । कलाकार मन गोल्डीका अध्यक्षतामा भएको उक्त कार्यशालामा प्राज्ञ यामबहादुर थापा, प्राज्ञ गोविन्द चौधरी, कलाकार एचवी रम्तेल, नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलिप रसाइली, कलाकार विष्णुप्रसाद सुवेदी, बेनप्रसाद थापा, सुमित्रा राना, विवेक खनाल, हरिबहादुर थापा बयम्बू, बालगोविन्द त्रिपाठी, कृष्णबहादुर रोक्का, खेम घिमिरे, गङ्गादत्त ढकाल, चन्द्रबहादुर खड्का, भावना गोल्डी, रुकैया बानु रामअवतार चौधरी, अमर क्षेत्रीलगायतका कलाकारले ४२ वटा कलाकृति तयार गर्नुभएको थियो ।