‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’का पुरस्कृत कलाकारहरूसँग बुधवार (२०८१ जेठ १६ गते ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकारका अनुभूति र अनुभवलाई सिर्जनाका माध्यमबाट सकेसम्म जोड्ने प्रयास गरेको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कलाकारहरूले दिएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने धारणा राख्नुभयो । कार्यक्रममा प्राज्ञपरिषद् सदस्य पाल्साङमो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा, अरुणा हिङमाङ तथा प्रदर्शनीका क्युरेटर तथा प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदीप शाक्यले प्रदर्शनी र कलाकारले उठाएका विषयलाई सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा सुरेश लवट तुलाधर, कृष्ण लामा, श्रवणकुमार महर्जन, महेश्वर डङ्गोल, सुमन शाक्य, टासी सलका शेर्पा, महेन्द्र पुन, गणेश लामा आँसु, शिव छाङछा राई, मनुकुमार चौधरी, सोनम सिं भ्लोन,, कृष्णगोपाल गारु, अनिशा भण्डारी, सुभेच्छा चौधरी, कौसीबहादुर बुढा, सोनी राई, सामना राई, सनम तामाङ, आरतीकुमारी शाह, सपना नेपाली, सोनु हरिजन, सुरेन्द्र शिल्पकारलगायतका कलाकारहरूले आफ्नो आफ्ना धारणा राख्नुभयो ।