नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’मार्फत छानिएका कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गर्न लागेको छ । आइतबार (२०८१ जेठ १३ गते) पत्रकार सम्मेलन गरी प्रतिष्ठानले यसको विस्तृत जानकारी दिएको हो । प्रतिष्ठानले पहिलो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरणसहितको सार्वजनिक सूचना २०८० माघ १२ गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो । यसैअनुरूप प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिने छ । जसअन्तर्गत कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट २३३ कलाकारका २६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८, सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति गरी ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा रहने छन् । जसमा अप्रतियोगीअन्तर्गत ७६ कलाकृति समावेश छन् । विधागत रूपमा समसामयिक चित्रकलाका १७८ कलाकारका १९१, परम्परागत चित्रकलाका ८४ कलाकारका ८९, आधुनिक मूर्तिकलाका ३७ कलाकारका ४१, परम्परागत मूर्तिकलाका २१ कलाकारका २३, लोककलाका ४७ कलाकारका ५१, हस्तकलाका ६२ कलाकारका ६८, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत छविकलाका २८ कलाकारका ३३, प्रतिस्थापन कलाका ७ कलाकारका ७, कार्टुनका ११ कलाकारका १२, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारका १, भिडियो आर्टका १ कलाकारका १, भावभङ्गिमा कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहने छन् ।
फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णालीको नेपाल कमर्सियल आर्टिस्ट सङ्घ (फागुन १७–२१ गतेसम्म सुर्खेत), कोसीको इटहरी मेट्रिक्स (फागुन २९– चैत ५ सम्म इटहरी), मधेसको मधेस प्रज्ञा–प्रतिष्ठान (चैत २–५गतेसम्म जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (चैत १२–१६ गतेसम्म नक्साल), गण्डकीको पोखरा आर्ट ग्यालरी (फागुन १९–२३ गतेसम्म पोखरा), लुम्बिनीको नेपाल व्यावसायिक कलाकार सङ्घ (फागुन २२–२६ गतेसम्म बुटवल) र सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (फागुन २०–२४ गतेसम्म धनगढी) मा सम्पन्न भएको थियो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नियमितक्रममै आयोजना गरिएको यस प्रदर्शनी राज्यको सङ्घीय अवधारणाअनुसार सुरुमा प्रादेशिक ललितकला प्रदर्शनी—२०८० गरी त्यहाँबाट छानिएका कलाकृतिहरू राष्ट्रिय प्रदर्शनीमा समेटेका बताउनुभयो । उहाँले यस पटकको प्रदर्शनीले अलिक फरक र समावेशी तवरमा जनसाधारण तह÷तप्कादेखि सामाजिक, राजनीतिक नेतृत्ववर्गसमेतमा विशेष चासो क्रियट गर्न सफल भएको धारणा राख्दै सर्वसाधारण स्तरमा पनि ललितकलाबारे जागरणको बिउ रोपिएको विचार व्यक्त गर्नुभयो । उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ मूल भावमा रहेर प्रदर्शनी गर्न लागिएको बताउनुभयो । उहाँले प्रादेशिक रूपमा पहिलोपटक गरिएको प्रदर्शनीबाट छनोट भएका कलाकृतिसँगै अप्रतियोगी कलाकृतिलाई समेत समेटेर हुन लागेको यस पटकको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ पृथक् रहने धारणा राख्नुभयो ।
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीको तयारी अन्तिम चरण पुगेको जानकारी दिनुभयो । उहाँले प्रदर्शनीमा देशका सातै प्रदेशबाट छानिएका उत्कृष्ट कलाकृति प्रदर्शनीमा अवलोकन पाइने बताउनुभयो । कला क्षेत्रको पुनर्जागरणका लागि प्रतिष्ठानले स्थानीय तहमै पुगेर काम गरिरहेको उहाँको भनाइ थियो ।
प्राज्ञसभा सदस्य तथा क्युरेटर प्रदीप शाक्यले प्रदर्शनीको क्युरेटिङ स्वस्तिक थिममा रहेर गरिएको बताउनुभयो । उहाँले साधक र साधनासँगै प्रदर्शनीको मूलभावको विषयलाई क्युरेटिङमा मुख्य रूपमा ध्यान दिएको बताउनुभयो ।

यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरिने छ । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ । सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिने छ । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्त, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र द राइजिङ नेपालका सुकृत नेपाल र रेनुका ढकाललाई प्रदान गरिने छ । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । कला प्रवद्र्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार सङ्घलाई प्रदान गरिने छ ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट सामना राई (भावभङ्गिमा कला), मधेसबाट विगुल ढकाल (समसामयिक चित्रकला) बागमतीबाट अनमोल रत्न तुलाधर (परम्परागत चित्रकला), गण्डकीबाट मिमबहादुर राना मगर (समसामयिक मूर्तिकला), लुम्बिनीबाट आकाश बुढामगर (समसामयिक चित्रकला), कर्णालीबाट टोपेन्द्र डाँगी (समसामयिक मूर्तिकला), सुदूरपश्चिमबाट महेन्द्र पुन (समसामयिक मूर्तिकला) लाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै, प्रादेशिक ललितकला विधागत पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट सोनी राई, मधेसबाट मनुकुमार चौधरी, बाग्मतीबाट सुदीपकुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, लुम्बिनीबाट खेमबहादुर घिमिरे, कर्णालीबाट सुभाषकुमार शाक्य, सुदूरपश्चिमबाट यसोदाकुमारी सिंह, समसामयिक मूर्तिकलातर्फ कोसीबाट टीकाराम पौडेल (शशी किरण), बागमतीबाट जुनु खनाल शर्मा, गण्डकीबाट रिहाना परियार लुम्बिनीबाट हरिबहादुर थापा वयम्बु, कर्णालीबाट कौसिबहादुर बुढा, परम्परागत चित्रकला विधातर्फ कोसीबाट गणेश लामा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट शंख नारायण श्रेष्ठ, गण्डकीबाट विचार सिंह तामाङ (मनोज) लामा, कर्णालीबाट लारप रोकाया, परम्परागत मूर्तिकलातर्फ कोसीबाट कमलेश लिम्बु (डिएगो) बागमतीबाट कृष्णगोपाल गारु हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा राई, मधेसबाट रुना झा, बागमतीबाट राजिव महर्जन, लुम्बिनीबाट शुभेच्छा चौधरी, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट सीता राना, लोककलातर्फ कोसीबाट विष्णुप्रसाद चौधरी, मधेसबाट विनाकुमारी कर्ण, बागमतीबाट अमन कट्वाल, लुम्बिनीबाट सिकेन्दर चौधरी, वास्तु तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत कार्टुनमा गण्डकीबाट महेश वस्ताकोटी, प्रतिस्थापन कलामा बागमतीबाट रविन्द्रकुमार श्रेष्ठ, फोटोग्राफीमा कोसीबाट सनम तामाङ, बागमतीबाट प्रेम थापा, लुम्बिनीबाट नारायण वि.क., सुदूरपश्चिमबाट माधव ओझा, क्यारिकेचरमा गण्डकीबाट अनिशा भण्डारीलाई पुरस्कृत गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ३०/३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार कोसी प्रदेशबाट अभिषा घिमिरे (इलाम), मधेस प्रदेशबाट आरतीकुमारी साह (महोत्तरी), बागमती प्रदेशबाट रमिता तामाङ (काभ्रे), गण्डकी प्रदेशबाट सपना नेपाली, (कास्की), लुम्बिनीबाट सोनु हरिजन (रुपन्देही) र सुदूरपश्चिम प्रदेशबाट रोशन भण्डारी (धनगढी) लाई प्रदान गरिने छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यस वर्षको प्रतिष्ठानको उत्कृष्ट कर्मचारी सम्मान भने कमलमणि काफ्ले र मिना कुचिकारलाई प्रदान गरिने छ ।
यस वर्षदेखि सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरिने छ । यी पुरस्कारको राशी ५०/५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
परम्परागत चित्रकला र मूर्तिकला विधाको मूल्याङ्कन समितिमा लोक चित्रकार, साइला लामा (मङगल), रविन्द्र शाक्य, समसामयिक चित्रकला, मूर्तिकला र वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विधाको मूल्याङ्कन समितिमा कृष्ण मानन्धर, प्रवीणकुमार श्रेष्ठ, सीमा शर्मा शाह, राजन काफ्ले, सरिता डङ्गोल तथा लोककला तथा हस्तकला विधाको मूल्याङ्कन समितिमा मिथिलादेवी यादव, पूर्णकाजी शाक्य र कृष्ण सर्वहारी रहनुभएको थियो ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ को लोगो (प्रतीक) चिन्ह प्राज्ञ एवम् कलाकार प्रदीप शाक्यले बनाउनुभएको हो । उहाँ प्रदर्शनीको क्युरेटर समेत हुनुहुन्छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ जेठ १५ देखि ३० गतेसम्म चल्ने छ । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।